कोशी प्रदेशमा सरकार जहिल्य फेरबदल प्रक्रिया

Logo
संजय कुमार राजवंशी / विराटनगर प्रकाशित आइतबार, साउन २७, २०८१

विराटनगर  / नेपालको संविधान २०७४ ले नेपाल संघियता भएपछि नेपालको कोशी प्रदेशमा सरकार जहिल्य फेरबदल प्रक्रियामा हुनछन । कहिले शेरधन राई मुख्य मन्त्रि त कहिले हिक्मतकुमार कार्कि र त कहिले केदार कार्कि त कहिले उधव थापा, सरकार बास्तवमा काम भन्दा बढि सरकार बनाउन र ढाल्न मात्रै गर्नलाई राजनिति गरीएको देखिन्छ ।

जनताको दुख र समस्या केहि देखन नसकेको सरकार देश प्रति जवाफ देहि देखिदैन । अहिले भरखरै चिरफार अनलाइन पत्रिका विराटनगर बाट प्रकाशित समाचारमा भाद्र महिनामा प्रदेश सरकार बनाउने भनी संसदीय पत्रकार मञ्चका केहि पत्रकार संग भेटघाट गर्दै यस्तो बताएका छन । आज आइतबार विराटनगरका संसदीय पत्रकार मञ्च सँग आवद्ध पत्रकारसँग छलफल गर्दै मुख्यमन्त्री कार्कीले यस्तो आपmनो विचार व्यक्त गरेको हो ।

कोशी प्रदेश सरकारमा कांग्रेसलाई सहभागि गराउने प्रमुख सत्ता गठबन्धन नेकपा एमाले र नेपाली कांग्रेस बिच सहमति भएको कुरा उहाँले बताएको छ । विश्वमा सरकार प्रजातान्त्रीक पार्टि र कम्यूष्टि पार्टि कहिले गठबन्धन गरेर सरकार बनाउदैन भनेर सामाजिक सञ्जाल तथा समाज शास्त्रीहरु बताउदै आएका छन ।

तर नेपालको राजनितिको अवस्था अनुसार सरकार ढाल्ने र बनाउने प्रचलन चलीरहेको छ । संघिय सरकारमा नेकपा एमाले र नेपाली कांग्रेस सहभागि छन् । कोशी प्रदेशमा एमाले र कांग्रेसले सरकार चलाउने सहमति भएका छन् । सहमति अनुसार पहिलो चरणमा नेकपा एमाले कोशी प्रदेश संसदिय दलका नेता हिक्मतकुमार कार्कीले सरकारको नेतृत्व गर्नेछन भनी पत्रकारहरुलाइ जानकारी गराएका छन ।

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]