“विराटनगरमा ९३औं श्रीराधाकृष्ण रथयात्रा आयोजना हुने तयारी”

Logo
ग्रामीण पत्रिका/विराटनगर प्रकाशित सोमबार, साउन २८, २०८१

विराटनगर/विराटनगरमा २०८१ सालको भाद्र महिनाको ११ गते मंगलबार श्रीराधाकृष्ण रथयात्रा आयोजना हुने तयारी भईरहेको छ। श्रीकृष्ण जन्माष्टमीको अवसरमा हरेक वर्ष भाद्र १० गतेको पर्नु भएको जन्माष्टमीको भोली पल्ट रथयात्रा निकालिने परम्परा रहेको छ।

१९८८ सालमा सुरु भएको यो रथयात्रा यस वर्ष ९३औं संस्करणमा प्रवेश गर्दैछ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यस संस्करणको शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ। रथयात्रा आयोजक समितिका अध्यक्ष कैलाश रेग्मीका अनुसार, नेपाल र भारतका विभिन्न स्थानबाट ५ लाख भन्दा बढी भक्तजन रथयात्रामा सहभागिता जनाउने अपेक्षा गरिएको छ।

रथयात्रा आयोजनाको तयारी बारे जानकारी दिनका लागि भाद्र १ गते शनिबार पत्रकार सम्मेलन आयोजना गरिने छ। विराटनगरको श्रीराधाकृष्ण रथयात्रा दक्षिण एसियामा भारतको जगन्नाथपुरी पछि दोस्रो ठूलो रथयात्रा मानिन्छ। रथयात्रा पानीट्याङ्की स्थित श्रीराधाकृष्ण मन्दिरबाट सुरु भएर नगरक्षेत्रको परिक्रमा गरेर पुनः मन्दिरमा पुगेर समाप्त हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]