कोशी अस्पतालले सफलता हासिल गर्छ भनेर विश्वास गर्न सकिने अवस्था देखिँदैन

Logo
ग्रामीण पत्रिका / विराटनगर प्रकाशित मंगलबार, साउन २९, २०८१

विराटनगर / के.पी. शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले गरेका अधिकांश निर्णयहरू कार्यान्वयन भन्दा पनि बढी चर्चामा आउने गरेको छ ।

ओली नेतृत्वको सरकारले स्वास्थ्यतर्फ सरकारी अस्पतालले २ सिफ्ट विशेषज्ञ ओ.पी.डी. सेवा सञ्चालन गर्नुपर्ने निर्णय गरेकोमा उक्त निर्णयलाई पूर्ण रूपमा कार्यान्वयन गर्नेतर्फ कोसी अस्पतालले सफलता हासिल गर्छ भनेर विश्वास गर्न सकिने अवस्था देखिँदैन ।

कोसी अस्पताल विराटनगरले विगतमा पुर्जी काट्ने समय बिहान ८ बजेदेखि १२ बजेसम्म तोकेर सम्पूर्ण सेवा हुँदै आएको थियो ।

उक्त समयमा बिरामीले पुर्जी काट्दा ५०/- रुपैयाँ तिर्ने गरेका थिए, उक्त समयमा ल्याब सेवा, भिडियो एक्स-रे सेवा लगायत अन्य सेवा समेत उपलब्ध गराउने काम कोसी अस्पतालले गरेकोमा दोस्रो सिफ्टको ओपिडी सेवातर्फ प्राविधिक सेवा दिन सक्ने पूर्वाधार तयार गर्न अस्पतालले नसक्ने कुरा अस्पताल निकट सूत्रले बताएको छ ।

दोस्रो सिफ्टको विशेषज्ञ सेवा दिँदा साबिकको रकममा २०० प्रतिशत भन्दा माथि लिन नपाउने निर्णय गरी सोहीअनुसार काम गर्न कोसी अस्पताललाई परिपत्र जारी गरे पनि जनशक्तिको अभावमा उक्त निर्णय कार्यान्वयन हुन नसक्ने भएको छ ।

समकालीन पथ अनलाइन पत्रिका बाट यस समाचार जस्ताकाे तेस्तै साभार गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]