

विराटनगर / गोल्डेन हस्पिटलले झण्डै दुई महिनासम्म बन्धक बनाएर राखेका देव किशुन मण्डल र सविता मण्डललाई घर फर्काएको छ।
सुनसरीको कोशी गाउँपालिका-७ का यी दाजु-बहिनी हिजो साँझ बन्धक मुक्त भए। हस्पिटलले उनीहरूलाई केही रकम छुट गरेर घर पठाएको छ। तर, मण्डल परिवारका बुबा साधु मण्डलका अनुसार, हस्पिटलले विल अत्यधिक भन्दै रकम बुझाउन नसक्दा उनीहरू बन्धक बनेका हुन्।भारतको पञ्जावमा काम गर्दै आएका उनले घर आएपछि घटनाबारे थाहा पाएका थिए। छिमेकमा झगडामा चोट लागेर इनरुवा अस्पतालमा भर्ना गरिएका उनीहरूको एम्बुलेन्समार्फत गोल्डेन हस्पिटल पुर्याइएको थियो।
अस्पतालले ७२ हजार र फार्मेसीको २३ हजार गरेर लगभग एक लाख रकम बुझाएको भने पनि, बिलमा १ लाख ८३ हजार ६ सय उल्लेख गरिएको छ। साधु मण्डलका अनुसार, गोल्डेनले करिब ५ लाख बुझाउन बाँकी छ भन्दै ठगी गरेको छ। अस्पताल प्रशासनले भने यसलाई स्वीकार नगरे पनि स्पष्ट जवाफ दिन असमर्थ रहेको छ।
प्रशासन प्रमुख जियावुल हकले आफूलाई यस विषयमा जानकारी नभएको र नयाँ भवनतिर बस्ने भएकाले सबै जानकारी नभएको बताए।