नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशमा कृषि एक्स्पो २०८१

Logo
ग्रामीण सहकर्मी / कटहरी प्रकाशित बिहिबार, साउन ३१, २०८१

कटहरी / नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशमा कृषि एक्स्पो २०८१ को आयोजना गर्न लागेको छ । महासंघले सो कृषि एक्स्पो २०८१ मा देश बिदेशमा उत्पादन गरीएको कृषि औजार तथा कृषि उपकरणहरुको प्रदर्शनी हुने महासंघका कार्यकारी निर्देशक स्याम भण्डारीले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेश समितिले यस क्षेत्रमा आयोजना गर्न लागेको पहिलो प्रादेशिक कृषि एक्स्पो भएको दावि गर्नुभयो । कोशी प्रदेश सरकारसँग सहकार्य गरेर नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिले मोरङ जिल्लाको कटहरी गाउँपालिका वडा नम्बर १ स्थित कृषि थोक बजार केन्द्रमा भद्र २७ गतेदेखि ३० गतेसम्म कृषि एक्स्पोको आयोजना गर्न लागेको हो ।

साथै गाउँ घरको कृषकको उत्पादन निशुल्क स्टलको व्यवस्था हुने समेत कार्यकारी निर्देशक भण्डारीले बताए ।

वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष एवं उद्योगी राजेन्द्र राउतले कृषिमा सम्भावना बोकेको प्रदेशको उत्पादनलाई अन्तर्राष्ट्रिय बजार समक्ष कसरी पु¥याउने विषयमा नेपाल र भारतका कृषि विज्ञसँग छलफल चलाउने गरी कृषि एक्स्पोको आयोजना गर्न लागेको बताए ।

कोशी प्रदेशको विभिन्न ठाउँ बाट ल्याएर कृषि एक्स्पोको अवलोकन गराउने कार्यक्रम रहेको छ । २०८१ भर्दौ २७, २८, २९ र ३० गते गरी ४ दिनसम्म सञ्चालन हुने कृषि एक्स्पोमा भव्य रुपमा सम्पन्न गर्न नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिले तयारी सुरु गरिसकेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]