दशौं भलुवा गोल्डकपको सम्पूर्ण तयारी पुरा

Logo
ग्रामीण पत्रिका / सुनसरी प्रकाशित शनिबार, आषाढ ०८, २०८१

सुनसरीको दुहबी ७ स्थित भलुवा खेलमैदानमा संचालन हुने दशौं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको छ । बुधबार (भोली) बाट संचालन हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको भलुवा गोल्डकप टुर्नामेन्ट समितिका अध्यक्ष शिब पशुपति कुमार सरदारले आज पत्रकार सम्मेलन मार्फत  जानकारी दिएका छन् ।

प्रतियोगितामा स्थानीय अायोजक सहित अाठ वटा क्लबले प्रतिस्पर्धा गर्ने आयोजक क्लब गोल्डेन स्टार युथ क्लबका अध्यक्ष अनिल कुमार बिश्वासले जनाएका छन । असार ४ गतेसम्म संचालन हुने फुटबल प्रतियोगितामा राष्ट्रिय जागृति क्लब इटहरी सुनसरी ,गंढी युथ स्पोर्टिङ क्लब ,नेपाल एपिएफ कोशी प्रदेश ,सहलेश युवा क्लब रारा फुटबल क्लब धनकुटा, विराटनगर सिटि एफसि विराटनगर मोरङ , chatya .sa .fc. दमक झापा लगायत आयोजक क्लब गोल्डेन स्टार युथ क्लब बिच प्रतिस्पर्धा हुने जनाइएको छ ।
बिजेता टिमले  उपाधी सहित नगद ४ लाख एक सय एक रुपैया सहित सिल्ड मेडल प्राप्त गर्ने छ । उपबिजेता टिमले नगद २ लाख एक सय एक रुपैया सहित सिल्ड मेडल प्राप्त गर्ने छ । विभिन्न विधा तर्फ उत्कृष्ट हुने खेलाडीहरूलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको
छ ।

प्रतियोगितामा ४१ खर्च हुने आयोजकले जनाएको
छ । पत्रकार सम्मेलनमा बोल्दै दुहबी वडा नम्बर  ७ का वडाअध्यक्ष बिजय कुमार चौधरीले भलुवा गोल्डकपलाई गरेको सहयोगको विषयमा जानकारी दिंदै भलुवा गोल्डकपलाई विभिन्न संघ संस्था र ब्यक्तित्वहरुले गरेको योगदानको चर्चा गरेका थिए ।त्यसे गरि मिडिया पार्टनको रुपमा कोशीपत्र दैनिक , न्युजपार्क अनलाइन ,दुहबी टाइम्स साप्ताहि ,कोचिला एफेम ,कोचिला खबर ,प्रतिक्षण दैनिक र गोलनेपाल डक कम रहेको अायोजकले जानकारी दिएका छन ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]