फिल्म ‘कार्साङ’को छायाङ्कन सम्पन्न

Logo
ग्रामीण पत्रिका/विराटनगर प्रकाशित मंगलबार, भाद्र ०४, २०८१

काठमाडौँ/निर्देशक यम शेर्पाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘कार्साङ’को छायाङ्कन सफलतापूर्वक सम्पन्न भएको छ। २२ दिनमा सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकाका विभिन्न स्थानमा फिल्मको छायाङ्कन गरिएको हो।

निर्देशक शेर्पाले फिल्मको सम्पूर्ण टिमको मेहनतका कारण समयमै छायाङ्कन सम्पन्न भएको बताए। उनले भने, “पोस्ट प्रोडक्शनको काम सोचे जस्तै भयो भने हामी छिट्टै फिल्म प्रदर्शनमा ल्याउनेछौं।”

फिल्ममा अभिनेता दयाहाङ राई र नव-अभिनेत्री सिर्जना निङ्लेखु मुख्य भूमिकामा छन्। सामाजिक कथावस्तुमा आधारित यस फिल्ममा दयाहाङ र सिर्जनासँगै जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, प्रेम लोप्चन, डोमा ह्योल्मो, सृष्टि गौतम, छोकी शेर्पा, सुरवीर पण्डित, र कर्मा शेर्पाको पनि अभिनय रहेको छ।

फिल्मको निर्माण यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसले गरेको हो। निर्माता पुरुषोत्तम प्रधान स्वयम् फिल्मका डिओपी पनि हुन्। फिल्मको देशभर वितरणको जिम्मेवारी आरआर फिल्मसले लिएको छ।

फिल्मको प्रदर्शन मिति चाँडै घोषणा गरिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]