तराई मधेशका जिल्लामा चौठचन्द्र (चौरचन) पर्व उल्लासका साथ मनाइँदै

Logo
ग्रामीण पत्रिका प्रकाशित शुक्रबार, भाद्र २१, २०८१

विराटनगर /आज तराई मधेशका विभिन्न जिल्लाहरूमा चौठचन्द्र (चौरचन) पर्व विशेष उल्लासका साथ मनाइँदैछ। छठपछि मधेशमा दोस्रो ठूलो पर्वको रूपमा मानिने यस पर्वमा व्रतालुहरू दिनभर उपवास बसेर साँझपख भगवान गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्छन्।

व्रतालुहरूले गणेश र चन्द्रमालाई खीर, पुरी, फलफूल लगायतका परिकारहरू प्रसादको रूपमा अर्पण गर्ने परम्परा रहेको छ। सूर्यास्तपछि घरको आँगनमा गाईको गोबरले लिपेर चामलको पिठोबाट अरिपन (कलात्मक आकृति) बनाई, त्यसमा पूजा सामग्री राखेर पूजा गरिन्छ। यस अवसरमा माटोको नयाँ भाँडोमा दही, केरा, मिठाई र विभिन्न पकवानहरू चढाइन्छ। पूजापश्चात् चढाइएको प्रसाद ग्रहण गरिन्छ र इष्टमित्रहरूलाई वितरण गरिन्छ।

चौठचन्द्र पर्वमा गणेश र चन्द्रमाको कथा सुन्ने चलन पनि छ, जसले धार्मिक महत्वलाई अझै बलियो बनाएको छ। धार्मिक मान्यताअनुसार, प्रख्यात ज्योतिष तथा तत्कालीन नरेश हेमांगद ठाकुरले चौठचन्द्र पर्वको सुरुवात गरेका थिए। यो पर्व मनाए विशिष्ट फल प्राप्त हुने विश्वास रहेको छ।

मोरङ्ग,धनुषा, महोत्तरी, सिरहा, सर्लाही, सप्तरी, बारा, पर्सा लगायत मधेशका जिल्लाहरूमा यो पर्व विशेष हर्षोल्लासका साथ मनाइन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]