छाला उद्योगबाट निस्किएको दुर्गन्धले बिरामी पर्न थालेको भन्दै दुहबी वडा ६का स्थानीय आन्दोलीत

Logo
चन्दन रौनियार / सुनसरी प्रकाशित सोमबार, भाद्र २४, २०८१

दुहबी / सुनसरीको दुहबी वडा नम्बर ६ मा रहेको युनाइटेड टेनराइज र एसियन लेदर छाला उद्योगबाट निस्कने अत्याधिक प्रदुषणको दुर्गन्धले बस्तीवासि विस्थापित हुनुपर्ने अवस्था आएको प्रदुषणले आजित हुँदा समेत सरोकारवाला निकायले वास्ता नगरेको भन्दै उद्योग बन्द गर्ने चेतावनी दिदै स्थनीयहरुले छाला उद्योग विरुद्ध आन्दोलन चर्काउने बताएका छन् ।

स्थानीयहरुले सो उद्योग छेउमा आज पत्रकार सम्मेलन गर्दै सरोकारवाला निकायले वेवास्ता गरेकोले २४ घण्टा भित्र उद्योग बन्द नगराए तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।अत्याधिक प्रदूषण फैलाउने उद्योग बन्द गराउन माग गर्दै आन्दोलित स्थानीयले विभिन्न निकायमा निवेदन उजुरी दिए पनि कुनै कारबाही नभएको तर उद्योग खुलेआम चलिरहेकोले स्थानीयहरु आक्रोशित हुँदै उद्योगमा ताला लगाउनुको कुनै बिकल्प नरहेको छाला फ्याक्ट्री पीडित संघर्ष समितिका सुकेन शर्माले बताए ।

स्थानीयले पटक-पटक आग्रह गर्नुका साथै दुहबी नगरपालिकाको न्यायिक समिति लगायत जिल्ला प्रशासन कार्यालय सुनसरी र पर्यटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशमा निवेदन दिएको स्थानीय मो.सलमान
बताउछन् । माथिल्लो निकायको आडमा उद्योग सञ्चालकले
बारम्बार लापरबाही गर्ने गरेको स्थानीय मो.सलमानको भनाई छ ।

युनाइटेड टेनराइज छाला उद्योगलाई वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशले पत्र पठाएर वातावरणिय अध्यन (IEE/EIA) स्वीकृत नगराइ उद्योग संचालन गरेको पाइएकोले उद्योग संचालन (छाला प्रशोधन) गर्न रोक लगाउदैं वातावरणिय अध्यन (IEE/EIA) स्वीकृत गराइ मात्र उद्योग संचालन गर्न आदेश समेत गरेको छ । एसियन लेदर छाला उद्योगलाई वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशले पत्र पठाएर वातावरणिय अध्यन (IEE/EIA) स्वीकृत गराइ उद्योग संचालन गर्नुपर्ने भएकोले ७ दिन भित्र उद्योगको कागज पत्र लिएर उपस्थित हुन समेत भनेको छ । युनाइटेड टेनराइज छाला उद्योग प्रशासन स्रोतका अनुसार मन्त्रालयबाट पत्र आएपछी प्रशोधन भइसकेको छाला निर्यात मात्रै गरेकोले वातावरणिय अध्यन (IEE/EIA) स्वीकृत गराएर मात्र उद्योग संचालन गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]