उद्योगबाट निस्कएको प्रदुषणले स्वास्थ्यमा असर गरेको भन्दै स्थानीय आन्दोलित गेटमे मुखमा कालो पट्टी बाधेर धर्ना

Logo
चन्दन कुमार राैनियार / सुनसरी प्रकाशित मंगलबार, भाद्र २५, २०८१

दुहबी/ सुनसरीको दुहबी नगरपालिका–६ मा रहेको युनाइटेड टेनराइज र एसियन लेदर छाला उद्योगबाट निस्कने प्रदुषणले स्वाथ्ययमा असर परेको भन्दै स्थानीयवासीहरु रुष्ट बनेका छन् ।

प्रदुषणको दुर्गन्धले बस्तीवासि विस्थापित हुनुपर्ने अवस्था आएको भन्दै उनीहरुले सरोकारवाला निकायको ध्यानाकर्षण गराएता पनि सरोकारवाला निकायले वेवास्ता गरेकोले आज देखि पहिलो चरणमा मुखमा कालो पट्टी बाधेर १ घण्टा छाला फ्याकट्रिको गेटमा धर्ना दिए आन्दोलन उत्रिएका स्थानीय रन्जित गोश्वामीले बताएका छन ।गोस्वामी अनुुसार उद्योगले फैल्याएको प्रदुषणको विषया सम्बन्धिन निकायमा उजुरी तथा ध्यानाकर्षण गराए पनि वेवास्ता गरेको भन्दै उद्योगमा ताला लगाउनुभन्दा अर्को विकल्प नरहेको चेतावनी दिएका छन् ।

स्थानीय मो. सलमानले दुहबी नगरपालिकाको न्यायिक समिति लगायत जिल्ला प्रशासन कार्यालय सुनसरी र पर्यटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशमा उद्योगबाट निस्किने प्रदुषणले स्थानीयबासीको स्वास्थ्यमा असर परेको भन्दै निवेदन दिएको भए पनि कहीकतैबाट सुनुवाई नभएको बताए ।

उनले भने–‘हामीले सम्बनिधत निकायमा उजुरी दियौ, निवेदन हाल्यौ, तर उनको माथिल्लो निकायसँग सम्पर्क भएर होला अहिले पनि निर्वाध रुपमा उद्योग सञ्चालन गरिरहेका छन् ।’

युनाइटेड टेनराइज छाला उद्योगलाई वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशले पत्र पठाएर वातावरणीय प्रभाव मूल्यांकन (इआइए) स्वीकृत नगराइ उद्योग सञ्चालन गरेको पाइएकोले उद्योग सञ्चालन (छाला प्रशोधन) गर्न रोक लगाए पनि उद्योग निर्वाध रुपमा सञ्चालन हुनु दुर्भाग्य भएएको सलमानले बताए ।

उनले सो सम्बन्धीे ७ दिन भित्र उद्योगको कागज पत्र लिएर उपस्थित हुन समेत मन्त्रालयले भने पनि मन्त्रालयको पत्रलाई समेत वेवास्ता गरेको बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]