श्री सुशिक्षा निकुञ्ज आधारभूत विद्यालयमा ६०औं बाल दिवस भव्य रूपमा सम्पन्न

Logo
सरिता कर्मकार प्रकाशित शुक्रबार, भाद्र २८, २०८१

विराटनगर/विराटनगर स्थित श्री सुशिक्षा निकुञ्ज आधारभूत विद्यालयमा आज ६० औं बाल दिवसको अवसरमा भव्य कार्यक्रम आयोजना गरियो। प्रमुख अतिथि वडा नं. ८ का वडा अध्यक्ष राम पोखरेलले विद्यालयलाई राउण्ड टेवल ५ को सहकार्यमा नमुना विद्यालय बनाउने लक्ष्य रहेको जानकारी दिए।

विद्यालयको शैक्षिक सुधारका लागि पूर्वाधार निर्माणमा सहयोग गर्ने सम्झौता गरिएको कुरा पोखरेलले उल्लेख गरे। बाल दिवसको अवसरमा विद्यार्थीहरूका लागि राउण्ड टेवल ५ द्वारा खेलकुद सामग्री र खानेकुरा वितरण गरियो।

यस अवसरमा विद्यार्थीहरूलाई ‘गुड टच’ र ‘ब्याड टच’ सम्बन्धी एक घण्टाको विशेष सत्र पनि प्रदान गरिएको थियो। राउण्ड टेवल ५ का सचिव राजन भगतले विद्यालयलाई आगामी दिनमा मोडल स्कुल बनाउने योजना रहेको जानकारी दिए।

गत वर्ष यसै संस्थाले विद्यालयमा कम्प्युटर ल्याबको स्थापना समेत गरिदिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले नृत्य तथा गीत प्रस्तुत गरे। एरिया २ का संयोजक दिवस सुवेदी, विद्यार्थी, शिक्षक तथा अन्य स्थानीयहरूको पनि कार्यक्रममा सहभागिता रहेको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]