सुनबर्षीकी ७० वर्षीय एकल महिला रम्भा देवीको स्वास्थ्यमा समस्या, पारस अस्पतालले सुरु गर्यो नि:शुल्क उपचार

Logo
सरिता कर्मकार प्रकाशित शुक्रबार, भाद्र २८, २०८१

सुनबर्षी/मोरङ्गको सुनवर्षी नगरपालिका वडा नं. ९ डाईनियाकी ७० वर्षीया रम्भा देवी हाल एक्लो जीवन बिताउँदै आएकी छिन्। दुई छोरीहरूको विवाह भइसकेपछि उनी ज्वाईको घरमा बस्दै आएकी थिइन्। तर, छोरी र ज्वाईको बसोबास पंजाबमा भएको कारणले उनी डाईनियामा एक्लै बस्न बाध्य भएकी छन्। श्रीमानको निधनपछि उनी पूर्ण रूपमा एक्लै परेकी रम्भा देवी अहिले बुढ्यौलीको अवस्थामा स्वास्थ्य समस्यासँग जुझिरहेकी छिन्।

रम्भा देवीलाई पाईल्स रोगले सताइरहेको छ भने उनका खुट्टामा सुनिने समस्या पनि देखिएको छ। उनले पाईल्सको उपचारका लागि स्थानीय जडिबुटीको भर लिँदै आएकी थिइन्, तर यसले मात्र स्वास्थ्यमा सुधार हुन नसक्दा स्थिति अझ जटिल बन्दै गयो। जीवनयापनका लागि उनी वृद्ध भत्तामा निर्भर छिन्, जसले गर्दा दैनिक खर्च चलाउन समेत कठिनाइ भइरहेको छ।

 

गाउँघरमा डेलिभरीको काम गरेर पहिले राम्ररी चिनिएकी रम्भा देवी अहिले गाउँकै केही समाजसेवीहरूको सहयोगमा उपचार पाउन सफल भएकी छिन्। भाद्र २८ गते शुक्रबार, पारस अस्पताल र पत्रकारको टोलीले उनलाई लिन डाईनियामा पुगेको थियो। अस्पतालले उनलाई नि:शुल्क उपचारको व्यवस्था गरेको छ, जसमा सम्पूर्ण चिकित्सा खर्च, बसाई र खानपिनको व्यवस्था पारस अस्पतालले गरेको हो।

पारस अस्पतालका प्रमुख अधिकृत हेम नारायण मेहताले अस्पतालको तर्फबाट सबै खर्च मिनाह गरिने जानकारी दिएका छन्। साथै, जनरल सर्जन डा. सफिउर रहमानले रम्भा देवीको सफल शल्यक्रिया गराउने र उनको सम्पूर्ण स्वास्थ्य समस्याको उपचार गरिने बताउँदै अस्पतालले जिम्मा लिएको जनाए।

रम्भा देवीको जीवनको यो चुनौतीपूर्ण यात्रा समाजका सेवाभावी व्यक्तिहरूको सहयोग र अस्पतालको मानविय प्रयासले सहज बन्ने आशा गरिएको छ। समाजका अन्य व्यक्तिहरूले पनि यस खालका परित्यक्त वृद्धवृद्धाहरूको सहयोगमा हात बढाउने हो भने उनीहरूको जीवनमा थोरै भए पनि सहजता ल्याउन सकिन्छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]