दलित अधिकारका लागि अर्धनग्न प्रदर्शन: समानुपातिक समावेशी प्रतिनिधित्वको माग

Logo
ग्रामीण पत्रिका प्रकाशित आइतबार, भाद्र ३०, २०८१

काठमाडौं / दलित युवाहरूले समानुपातिक समावेशी प्रतिनिधित्व तथा दलितहरूको आत्मसम्मान र सशक्तीकरणका लागि संविधानप्रदत्त अधिकार कार्यान्वयनको माग गर्दै अर्धनग्न प्रदर्शन गरेका छन्।

पछिल्लो समय माइतीघर मण्डलामा आन्दोलनरत दलित युवाहरूले ३९ दिनदेखि प्रदर्शन गर्दै आइरहेका छन्। आन्दोलनमा सहभागी युवाहरूले सोमबार अर्धनग्न जुलुस गरी माइतीघरदेखि बानेश्वरसम्म नारा लगाउँदै प्रदर्शन गरेका थिए।

‘दलितका लागि दलित अभियान नेपाल’ का संयोजक खगेन्द्र सुनारले दलित समुदायका लागि संविधानले प्रत्याभूत गरेका अधिकार कार्यान्वयनमा अवरोध रहेको जनाउँदै ३९ दिनदेखि निरन्तर आन्दोलनमा भए पनि कुनै सुनुवाइ नभएको बताए। उनले माग सम्बोधन नभएपछि अर्धनग्न प्रदर्शन गर्न बाध्य भएको बताए।

आन्दोलनकारीहरूले सबै तहका मन्त्रिपरिषद्, नीति निर्माणका निकाय, र राज्यका नियुक्ति प्रक्रियामा जातीय जनसङ्ख्याका आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, साथै शिक्षा, स्वास्थ्य, रोजगारी, भूमि, र आवासजस्ता अधिकारहरूको कार्यान्वयनको माग राखेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]