विराटनगरमा ट्रकमा मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु

Logo
ग्रामीण पत्रिका प्रकाशित सोमबार, भाद्र ३१, २०८१

विराटनगर/विराटनगरमा रोकिएको ट्रकमा मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु भएको छ। आइतबार राति विराटनगर १४ स्थित कोशी राजमार्गमा भएको उक्त दुर्घटनामा मोटरसाइकलमा सवार विराटनगर-१० का २५ वर्षीय कृष्ण मण्डलको मृत्यु भएको हो। दुर्घटनापछि गम्भीर घाइते भएका मण्डलको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक विराटनगर-१५ का १८ वर्षीय राजीव मण्डल पनि घाइते भएका छन्। उनको विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार, युपी ३पी २८९१ नम्बरको रोकिएको ट्रकमा प्रदेश १-०२-०४४ प ८०८५ नम्बरको मोटरसाइकल ठोकिएको थियो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]