कोशी गाउँपालिका बाट ठुलो परिणाममा गाँजा बरामद

Logo
ग्रामीण पत्रिका प्रकाशित मंगलबार, आश्विन ०१, २०८१

सुनसरी/ सुनसरी जिल्लाको कोशी गाउँपालिका क्षेत्रमा ठुलो परिणाममा अवैध गाँजा बरामद भएको छ। विशेष सूचनाका आधारमा भदौ २७ गते राति २२:४५ बजे इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको वरिष्ठ प्रहरी नायब निरीक्षक झलनधर बराल नेतृत्वको टोलीले उक्त गाँजा बरामद गरेको हो।

 

कोशी गाउँपालिका वडा नं. ६ र ७ को सिमाना स्थित धानबारीमा सेतो प्लास्टिकको बोरामा गाडेर लुकाइएको अवस्थामा २८ बोरामा रहेको अवैध गाँजा फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले उक्त गाँजाको तौल ८४६ केजी रहेको बताएको छ।

 

बरामद गरिएको गाँजा जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई आवश्यक कानुनी प्रक्रिया सुरु गरिएको छ। यस घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाइएको छ। पछिल्लो समय सुनसरी जिल्लाका विभिन्न नाकाबाट गाँजा तस्करीको क्रम बढिरहेको देखिएको छ।

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]