पथरीमा प्रथम ईन्ट्रा पथरीशनिश्चरे गोल्डकप: ८ टोलीबीच प्रतिस्पर्धा

Logo
ग्रामीण पत्रिका प्रकाशित मंगलबार, आश्विन ०१, २०८१

विराटनगर/मोरङको पथरी शनिश्चरेमा सञ्चालन हुने अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम ईन्ट्रा पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्। ‘ए’ डिभिजन राष्ट्रिय लिग क्लबहरू संकटा फुटबल क्लब र बृगेड ब्वाईज क्लबसहित विभिन्न टोलीहरू गोल्डकपमा सहभागि हुनेछन्।

 

आयोजक पथरी ११ फुटबल क्लबले सोमबार पथरीमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता सम्बन्धी जानकारी दिँदै दुई ‘ए’ डिभिजन क्लबहरूसँगै भारतको यु.के.एफ.सी क्लबले पनि सहभागिता जनाउने जानकारी गराएको हो। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित गोल्डकप असोज ५ देखि १२ गतेसम्म प्रस्तावित पथरी शनिश्चरे रंगशालामा सञ्चालन हुनेछ।

 

गोल्डकपको मुख्य प्रायोजक ईन्ट्रा फाउन्डेसन रहेको आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा संकटा क्लब, बृगेड ब्वाईज क्लब, भारतीय यु.के.एफ.सी क्लब, झापा ११, पाँचथर क्लब, सहलेस फुटबल क्लब सिरहा, धरान सिटी क्लब, र आयोजक पथरी ११ फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन्।

 

पत्रकार सम्मेलनमा बोल्दै पथरी ११ फुटबल क्लबका अध्यक्ष सुमन विकले खेलमार्फत पथरीशनिश्चरेलाई विश्वभर चिनाउने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको बताए। उनले प्रतियोगिताको विजेताले ट्रफीसहित ३ लाख रुपैयाँ र उपविजेताले २ लाख रुपैयाँ नगद पुरस्कार पाउने जानकारी पनि गराए।

 

पत्रकार सम्मेलनमा पथरीशनिश्चरे नगरका उपप्रमुख देवीमाया काफ्ले, मोरङ फुटबल संघका अध्यक्ष सञ्जीव बुढाथोकी, नगर खेलकुद समितिका अध्यक्ष दीपक राई, खेल संयोजक जितन राई लगायतको उपस्थिति रहेको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]