

विराटनगर/ विराटनगर-१४ मलाया रोडमा आज भैंसीसँग कार ठोक्किँदा कार अनियन्त्रित भई दुर्घटना हुँदा चार जना घाइते भएका छन्। दुर्घटना बा १९ च २६१८ नम्बरको कार सडकमा अचानक आएको भैंसीसँग ठोक्किएपछि भएको हो। ठक्करपछि कार करीब १०० मिटर पर पल्टिएको थियो।
दुर्घटनामा कारमा सवार एमडी हलिम र रिचा जैन सामान्य घाइते भएका छन् भने भैंसी घटनास्थलमै मरेको छ। उक्त दुर्घटनापछि कारले अनियन्त्रित भएर को. १५ प ६३८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। मोटरसाइकलमा सवार विराटनगर-१८ का देवानन्द यादव र अनिता राजलक्ष्मी यादव पनि सामान्य घाइते भएका छन्।
हाल घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ भने घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।