नेपाली चचित्रल खुस्माको रेड कार्पेट प्रीमियर

Logo
ग्रामीण पत्रिका प्रकाशित बुधबार, आश्विन ०२, २०८१

 विराटनगर/असोज ३ अर्थात सिंवधान दिवस को अवसर पारेर प्रदर्शन मा आउन लागेको चलचित्र खुस्मा बुधबार साझ राजधानी स्थित कमलपोखरीको भिग मुभिजमा रेड कार्पेट तथा बाजा सहित प्रीमियर सो को आयोजना गरिएको थियो . चलचित्रको भूमिका मा रहेका नायक धिरज मगर र नायिका उपस्ना सिंह ठकुरी मगर जाति परिमा आएका थिए ।

प्रीमियर सो मा चलचित्र खुस्मा  हेर्नको लागि काठमाडौ स्थित भिग मुभिजमा  चलचित्र कर्मी राजनीतिककर्मीहरुको उपस्थिति राम्रै रहेको थियो . चलचित्र हेर्न अभिनेताहरु निश्चल बस्नेत , सलिनमान बानिया , अभिनेत्री पशुपति राई , निर्देशक रेनिसा राई , संसद ज्ञानेन्द्र शाही , मगर संघ का केन्द्रिय अधक्ष्य ज्ञानेन्द्र पुन मागर लगायतको उपस्थिति रहेको थियो ।

सं सगै चलिचत्र हेर्नको लागि मुख्य कलाकारहरु धिरज मगर , उपासना सिंह ठकुरी , निर्देशक असोक थापा मगर लगायत चलचित्र  खुस्माको कलाकारहरुको उपस्थिति रहेको थियो

प्रीमियारमा चलचित्र खुस्मालाई अधिकांसले धेरै राम्रो चलचित्र बनेको भनेर प्रसंसा समेत गरेका छन् . चलचित्र हेरी सकेपछी संसद ज्ञानेन्द्र शाहीले चलचित्र निकै राम्रो बनेको र यदि यो फिल्म हेर्नु भएन भने २०५२ भन्दाको नेपालनै बुझ्नु हुन्न भनेर चलचित्र प्रसंसा गरेका थिए . त्यस्तै चलचित्र हेर्न गएका अभिनेता निश्चल बस्नेतले चलचित्र कथा बस्तु धेरै राम्रो लागेको बताए ।

त्यस्तै अभिनेता सलिनमान बानियाले पनि चलचित्रमा धिरज र उपासनाको धेरै राम्रो लागेको र चलचित्र धेरै रामो लागेको बताए . त्यस्तै चलचित्र हेर्न गएकी अभिनेत्री पशुपति राईले द्वन्दकालिन समयमा एउटा प्रेम कथा त्यो समयलाई सम्झाउने एउटा निकै राम्रो चलचित्र बनेको बताईंन . त्यस्तै चलचित्र हेर्न आएकी निर्देशक रेनिस राईले चलचित्र निकै राम्रो बनेको चलचित्र भाबुक भएको , निकै मन छोएको उनले बताइन . चलचित्रका मुख्य कलाकार तथा निर्देशकहरुको चलचित्रले  धेरै राम्रो प्रतिक्रियाहरुको पाएकोले दर्शकहरुको मन जितने खालको चलचित्र बनेको बताए ।

जनयुद्धको कथामा निर्माण भएको चलचित्र खुस्माको निर्देशक असोक थापा मगर हुन् . चलचित्रलाई असोक थापा मगरले नै लेखन तथा निर्देशन गरेका हुन् . चलचित्रको मुख्य भूमिकामा धिरज मगर , उपासना सिंह ठकुरी , मोत्से गुरुङ , राज थापा काउचा बिजय संयोग सुब्बा , सुजाता राई , अस्तितिवा भातचान , अरुण मगर , राजु रेग्मी मगर , संगीता थापा , सारदा राई , बिबेक बुडा मगर ,स्वेता मिस्त्रा साजन थापा मगर , दुईसान थेंग , महेस बराल , चेतना बुडा , मिरा गुरुङ , बिशाल पुन धुन्दिराज पुन लगायत कलाकारहरुको अभिनय रहेको छ ।

बिर बहादुर लामा र चन्द्र भातचानको , बेटनि मगर र मन बहादुर डाङगा निर्माण रहेको चलचित्र का कार्यकारी निर्माता सुस्मिता बुढाथोकी रहेकी छिन् . प्रीमियारमा मिलेको साथ सहयोग र प्रसंसाले गर्दा असोज ३ गते विहिबार बाट  दर्शकहरुले पनि चलचित्रलाई मन पराउने ले गर्दा निर्माण टिम निकै आशाबादी रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]