जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ मुनालपथमा सर्यो

Logo
ग्रामीण पत्रिका प्रकाशित बिहिबार, आश्विन ०३, २०८१

विराटनगर/ जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले असोज १ गतेदेखि मुनालपथमा आफ्नो नयाँ कार्यालय स्थानान्तरण गरेको छ। यसअघि विराटनगर महानगरपालिकाको वडा नं. ९ स्थित ट्राफिक चौकको जीर्ण भवनबाट कार्यालय स्थानान्तरण गरी विराटनगर महानगरपालिकाको वडा नं. २ स्थित विराट नर्सिङ होमको उत्तरतर्फ रहेको भाडाको भवनमा सेवा सुरु गरिएको हो।

 

कार्यालय प्रमुख प्रहरी निरीक्षक राजन लम्सालका अनुसार धरान–विराटनगर सडक खण्डको मुनालपथमा रहेको नयाँ कार्यालयबाट सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्नका लागि आवश्यक व्यवस्था मिलाइएको छ। नेपाल प्रहरीको प्रधान कार्यालय काठमाडौंले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको लागि यो भवन पाँच वर्षको लागि भाडामा लिएको छ।

 

३ तल्ले भवनको मासिक ८० हजार रुपैयाँ भाडा तिर्नुपर्ने सम्झौता गरिएको छ। यद्यपि, प्रहरी निरीक्षक लम्सालले एक वर्षभित्र ट्राफिक चौकमा नयाँ भवन निर्माण गरेर पुनः कार्यालय स्थानान्तरण गर्ने योजना रहेको बताएका छन्।

 

विराटनगरको ट्राफिक चौकमा लामो समयदेखि सञ्चालनमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, भूकम्पपछि जीर्ण अवस्थामा पुगेको थियो। जीर्ण भवनलाई मर्मत सम्भार गरेर सञ्चालन गरिएको भए पनि जुनसुकै बेला भवन ढल्न सक्ने अवस्थाका कारण कार्यालयलाई सुरक्षित ठाउँमा सारिएको हो।

 

नयाँ कार्यालय स्थानान्तरणसँगै सेवाग्राहीको पहुँचमा सहजता आउने र ट्राफिक व्यवस्थापनमा थप सुधार हुने विश्वास गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]