मोरङ: साइबर अपराध न्यूनिकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

Logo
ग्रामीण पत्रिका प्रकाशित बिहिबार, आश्विन ०३, २०८१

विराटनगर। “समुदाय प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत मोरङको विराटनगर महानगरपालिका-१६ स्थित श्री मिल्स माध्यमिक विद्यालयको हलमा साइबर अपराध न्यूनिकरणसम्बन्धी सचेतनामूलककार्यक्रम सम्पन्न भएको छ।

ईलाका प्रहरी कार्यालय रानी मोरङ र सामुदायिक सेवा केन्द्र रानी मोरङको संयुक्त आयोजनामा गरिएको उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालय रानीका कार्यालय प्रमुख प्रहरी निरीक्षक प्रकाश थापा प्रमुख अतिथिका रूपमा सहभागी भए।

 

कार्यक्रममा विद्यालयका कक्षा १० र १२ का ५० जना विद्यार्थीलाई साइबर अपराध र त्यसको प्रभावका बारेमा सचेत गराइएको थियो। कार्यक्रम दिउँसो ३:०० बजे सुरु भई ४:०० बजे समापन गरिएको थियो।

कार्यक्रमको उद्देश्य विद्यार्थीलाई साइबर अपराधसम्बन्धी जोखिमबाट बच्नका लागि जानकारी दिनु र सचेतना फैलाउनु रहेको आयोजकले जानकारी दिएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]