अरनिको स्कुलको वादविवाद प्रतियोगितामा कविसा उत्कृष्ट  

Logo
ग्रामीण पत्रिका प्रकाशित बिहिबार, आश्विन ०३, २०८१

विराटनगर /संविधान दिवसका अवसरमा विराटनगरस्थित अरनिको उच्च माविले वादविवाद प्रतियोगिता आयोजना गरेको छ ।

 

‘बढ्दो वैदेशिक पलायन ः रहर कि बाध्यता’ शीर्षकमा आयोजना गरेको प्रतियोगितामा २७ जना प्रतिस्पर्धीलाई उछिन्दै कविसा पोखरेल प्रथम भइन् । त्यस्तै समीर कटुवाल द्वितीय, आव्या घिघिरे तृतीय र शिक्षा यादवले सान्त्वना स्थान प्राप्त गरेका थिए । कवि एवं पत्रकार मीनकुमार नवोदित प्रमुख निर्णायक रहेको समितिले पुरस्कृतहरूको नाम घोषणा गरेको थियो । विद्यालयका शिक्षकद्वय टंकनाथ कोइराला र शिवकुमार लम्सालसमेत निर्णायक समिति रहेका थिए ।

विषयवस्तुको ज्ञान, तार्किक क्षमता, प्रस्तुतीकरण, भाषाशैली, समय पालनलगायतलाई मुख्य आधार मानेर पुरस्कृतहरूको नाम छनौट गरिएको प्रमुख निर्णायक नवोदितले बताए । विद्यार्थीभित्र लुकेर रहेको प्रतिभा प्रस्फुटन र तार्किक क्षमता वृद्धि गराउने उद्देश्यले वादविवाद प्रतियोगिता आयोजना गरिएको प्रिन्सिपल राजेश कार्कीले जानकारी दिए ।

विजेता विद्यार्थीलाई पिन्सिपल कार्कीसहित निर्देशक भरतराज दाहाल, निलम अधिकारी, योगेश राजभण्डारी, निर्णायकहरू मीनकुमार नवोदित, टंकनाथ कोइराला, शिवकुमार लम्साल, कार्यक्रम संयोजक विमल भट्टराईलगायतले पुरस्कार, प्रमाणपत्र र ट्रफी प्रदान गरेका थिए । विद्यालयले पाठ्यक्रमको पठनपाठनसँगै अतिरिक्त क्रियाकलापलाई पनि उच्च प्राथमिकतामा राखेर विभिन्न प्रतिस्पर्धा आयोजना गर्दै आएको कार्यक्रम संयोजक विमल भट्टराईले जानकारी दिए । यसअघि राष्ट्रिय बाल दिवसका अवसरमा विद्यालयले कविता प्रतियोगिता आयोजना गरेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

ग्रामीण साप्ताहिक पत्रिका दर्ता नं. २८०

सुचना तथा प्रसारण विभाग दर्ता नं.

प्रेस काउन्सिल नेपाल सुचिकरण नं.

हाम्रो टीम

निर्देशक ः संजय कुमार राजवंशी
सम्पादक ः अनिल राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय :- कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]