संविधान दिवसमा कोशीमा वक्तृत्वकला प्रतियोगिता 

Logo
ग्रामीण पत्रिका प्रकाशित बिहिबार, आश्विन ०३, २०८१

लौकही / संविधान दिवसको अवसरमा कोशी गाउँपालीकामा आयोजित वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । १० औं संविधान दिवसको अवसरमा बिहिवार कोशी गाउँपालीकाको कार्यालयले आयोजना गरेको मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

उक्त प्रतियोगिता कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीको अध्यक्षता एवं नवनियुक्त कोशी प्रदेस सरकारका वन,वातावरण तथा पर्यटन मन्त्री सदानन्द मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

संविधान दिवसको अवसरमा कोशी गाउँपालीकाको कार्यालयले आयोजना गरेको मावि स्तरीय वक्तृत्वकला प्रतियोगितामा राष्ट्रिय मावि लौकहीकी ईशा कुमारी पुरी प्रथम भएको गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर दाहालले जानकारी दिए ।

 

यसैगरी राष्ट्रिय मावि शोभनपुरका सहवाज मन्सुरी दोस्रो र मदरसा दारुल होदा एण्ड सलफियाकी हसिबा खातुन तेस्रो स्थान हात पार्न सफल भएको उनले जानकारी दिए । वक्तृत्वकला प्रतियोगितामा कोशी गाउँपालीका क्षेत्रका आठवटा मध्ये सातवटा माविका विद्यार्थीहरु सहभागिता जनाएका थिए ।

 

“राज्य संचालनको मेरुदण्ड संविधान” भन्ने शीर्षकमा आयोजना गरिएको उक्त प्रतियोगितामा प्रथम,दोस्रो र तेस्रो स्थान हात पार्ने विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि मन्त्री सदानन्द मण्डल,कोशी अध्यक्ष ऐयुब अन्सारी, उपाध्यक्ष अनिता यादव,वडा अध्यक्षहरु सुलेमान मन्सुरी, साह जमाल,ध्यानी उराँव,बलराम क्षेत्री,प्रमुख प्रशासकीय अधिकृत दामोदर दाहाल लगायतले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा कोशी प्रदेशसभा सदस्य हाजी इस्राइल मन्सुरी, महाधिवेशन प्रतिनिधि मनोज साह,नेपाल शिक्षक संघ कोशी अध्यक्ष हरेकृष्ण राउत,गंगा यादव,मानव अधिकारकर्मी रमेश भट्टराई लगायत उल्लेख्य मात्रामा शिक्षकशिक्षिका,विद्यार्थी,अभिभावक, जनप्रतिनिधि, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा उपाध्यक्ष अनिता यादवले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रम नायब सुब्बा बिरेन्द्र मेहताले संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]