विराटनगरमा साइबर अपराध र लागू औषध दुरुपयोग बारे सचेतनामूलक कार्यक्रम सम्पन्न

Logo
ग्रामीण पत्रिका प्रकाशित शुक्रबार, आश्विन ०४, २०८१

विराटनगर/समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर द्वारा गठित टास्क फोर्स, इलाका प्रहरी कार्यालय रानी मोरङ, र सामुदायिक प्रहरी सेवा केन्द्र रानीको संयुक्त आयोजनामा विराटनगर महानगरपालिका–१५ स्थित ग्लोबल सेकेन्डरी स्कुलमा साइबर अपराध र लागू औषध दुरुपयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

 

कार्यक्रममा प्रमुख अतिथि प्रहरी सहायक निरीक्षक प्रलाद यादवले साइबर अपराध र लागू औषधको दुरुपयोग तथा ओसारपसार रोकथाम सम्बन्धी जानकारी दिएका थिए। कार्यक्रममा कक्षा ७ र ८ मा अध्ययनरत ५० जना विद्यार्थीले सहभागिता जनाएका थिए। बिहान ११:३० बजेबाट सुरु भएको कार्यक्रम १२:३० बजे सम्पन्न भएको थियो।

 

प्रहरी सहायक निरीक्षक यादवले विद्यार्थीलाई साइबर अपराध र लागू औषधको दुरुपयोगका कानुनी र सामाजिक प्रभावबारे सचेत गराउँदै, यस प्रकारका गतिविधिमा संलग्न नहुन अनुरोध गरे। उनले विद्यार्थीहरूलाई सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीका बारेमा पनि जानकारी दिए।

 

यस कार्यक्रमले विद्यार्थीहरूमा साइबर अपराध र लागू औषधको दुरुपयोगका बारेमा सचेतना बढाउने विश्वास गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]