संविधान दिवस अवसरमा कोशी गाउँपालिका अध्यक्ष ऐयूव अंसारीलाई सम्मान

Logo
ग्रामीण पत्रिका प्रकाशित शनिबार, आश्विन ०५, २०८१

सुनसरी/ कोशी गाउँपालिका, २०८१ को संविधान दिवसको अवसरमा अध्यक्ष श्री ऐयूव अंसारीलाई संविधान कार्यान्वयनमा अतुलनीय योगदानका लागि सम्मानित गरियो।

शिक्षा सम्बन्धी हक र अधिकारको प्रत्याभूति गर्न उहाँले कुशलतापूर्वक भूमिका निर्वाह गर्दै कोशी गाउँपालिकामा उल्लेखनीय परिवर्तन ल्याउन सफल भएका छन्।यो सम्मान पत्र काफले संघिय महासंघका प्रतिनिधि, नेपाल शिक्षक संघ सुनसरीका कैलाश कुमार भा र नेपाली काग्रेस ट्रेड युनियनका अध्यक्ष कुमार साहले हस्ताक्षर गरेका छन्

अध्यक्ष ऐयूव अंसारीप्रति शिक्षा क्षेत्रका अगुवाहरुले व्यक्त गरेको न्यानो माया र सम्मान प्रति हार्दिक आभार व्यक्त गरिएको छ। उहाँको नेतृत्वमा कोशी गाउँपालिकामा शिक्षा क्षेत्रमा नयाँ आयाम थपिएको र भविष्यमा पनि यसरी नै उत्कृष्ट कार्यहरू गर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]