दशैँ–तिहार नजिकिँदै गर्दा जोगबनी नाकामा भिडभाड

Logo
सरिता कर्मकार प्रकाशित शनिबार, आश्विन ०५, २०८१

विराटनगर/ हिन्दुहरुको महान चाड दशैँ र तिहार नजिकिँदै गर्दा जोगबनी नाकामा किनमेल गर्नेहरूको ठूलो भिडभाड देखिएको छ। विशेषगरी चिनी, तेल, जिरा, दाल लगायतका खाद्यन्न सामग्री तथा लत्ता कपडाका लागि मानिसहरू जोगबनी बजारमा ओइरिएका छन्। चाडपर्वको अवसरमा नाका खुला गरिएसँगै सीमावर्ती क्षेत्रका बासिन्दाहरू दैनिक उपभोग्य सामग्री किनमेल गर्न भारतीय बजार जाने गरेका छन्।

अहिलेको व्यवस्थाअनुसार जोगबनीबाट प्रतिव्यक्ति ५ किलो चिनी, १ किलो जिरा, ५ किलोसम्म दाल र केही थान लत्ताकपडा ल्याउन अनुमति दिइएको छ। यद्यपि, आवश्यकभन्दा बढी सामग्री ल्याउन खोज्दा प्रहरीको कडाइको सामना गर्नुपरेको स्थानीयहरूले बताएका छन्।

सोनापुरकी गायत्री चौधरी भन्छिन्, “घरको आर्थिक अवस्था कमजोर भएकाले थोरै रकममा धेरै सामान किन्न यहाँ आएकी थिएँ। तर, प्रहरीले रोकेर फिर्ता पठाएको छ।” विराटनगर निवासी अनिता राईले पनि चाडपर्वका लागि किनमेल गर्दा समस्या भोग्नुपरेको बताइन्। “हामी घण्टौं लाइनमा बसेर चिनी किन्न आएका थियौं, तर १० किलोसम्म पनि लान दिएको छैन,” उनले गुनासो गरिन्।

शनिबारको सार्वजनिक बिदामा दैनिक ३ देखि ४ हजार मानिसहरू जोगबनी जान थालेका छन्, जबकि अन्य दिनमा २ हजारजति मानिसहरू नाका हुँदै आवतजावत गर्ने गरेको पाइएको छ। चाडपर्वको किनमेलका लागि नाका खुला गरिए पनि भन्सारमा कडा चेकजाँच भइरहेको छ र सीमित परिमाणभन्दा बढी सामान लैजाँदा प्रहरीले रोकेको छ।

यसरी किनमेल गर्नमा असुविधा भए पनि सस्तोमा आवश्यक सामग्री पाउने आशामा मानिसहरू नाका हुँदै भारतीय बजारमा पुग्न प्रयासरत देखिन्छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]