पथरीमा धारिलो हतियार प्रहार गरी एक वृद्धको हत्या

Logo
ग्रामीण पत्रिका प्रकाशित शनिबार, आश्विन ०५, २०८१

मोरङ /मोरङको पथरीशनिश्चरे वडा नंं ७, सम्झना चौकमा शुक्रबार राति ६१ वर्षीय चन्द्र तामाङको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ।

इलाका प्रहरी कार्यालय पथरीका अनुसार, तामाङको हत्या किन र कसले गरेको भन्ने कुरा अहिलेसम्म खुलेको छैन। घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। तामाङका छोरा वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेको र घरमा तामाङ मात्र रहेको अवस्थामा यो जघन्य अपराध भएको हो।

प्रहरीले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ। स्थानीयवासीहरू समेत घटनाबाट स्तब्ध भएका छन् र अपराधीलाई चाँडै पक्राउ गरी कानूनी कारबाहीको माग गरेका छन्।

हत्या भएको घटनास्थलमा व्यापक रूपमा सुरक्षा व्यवस्था कडा पारिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]