सुनसरीमा ब्राउन सुगर सहित दुई जना पक्राउ

Logo
ग्रामीण पत्रिका प्रकाशित शनिबार, आश्विन ०५, २०८१

सुनसरी/ सशस्त्र प्रहरी बलले सुनसरी जिल्लाको कोशी गाउँपालिका-१, लौकहीस्थित यादव टोलको सीमा क्षेत्रबाट ६.९७० ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। भारतबाट नेपाल आउँदै गरेको को ६ प ३०६७ नम्बरको डिस्कभर मोटरसाइकलको सिट कभर मुनी लुकाइएको अवस्थामा लागूऔषध फेला परेको हो।

 

पक्राउ पर्नेहरूमा इटहरी-१७ निवासी २४ वर्षीय समिम मिया र रामधुनी-३ निवासी २८ वर्षीय अमित चौधरी रहेका छन्। उनीहरूलाई सशस्त्र प्रहरीको टोलीले सीमा क्षेत्रमा चेकजाँचको क्रममा नियन्त्रणमा लिएको हो। पक्राउ परेका दुवै जनालाई आवश्यक कानूनी कारबाहीका लागि सम्बन्धित निकायलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

 

सशस्त्र प्रहरी बलको यो सफलता लागूऔषध ओसारपसारमा संलग्न व्यक्तिहरूको नियन्त्रण र नियन्त्रणमा महत्वपूर्ण कदम भएको बताइएको छ। यस प्रकारको गतिविधि रोक्न सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा निगरानी र चेकजाँचलाई अझै कडा बनाउने जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]