“सिर्जनामा इनरुवा” संस्थाको वार्षिकोत्सवमा ममता मृदुललाई रमेन्द्र सावित्री लघुकथा पुरस्कार, जयकृष्ण यादवलाई साहित्य पत्रकार सम्मान

Logo
ग्रामीण पत्रिका प्रकाशित शनिबार, आश्विन ०५, २०८१

सुनसरी/ साहित्यकारहरुको संस्था “सिर्जनामा इनरुवा” ले आफ्नो वार्षिकोत्सव तथा तेस्रो साधारणसभा समारोह सम्पन्न गरेको छ। यस अवसरमा लघुकथाकार ममता मृदुललाई “रमेन्द्र सावित्री लघुकथा पुरस्कार” प्रदान गरिएको छ। मृदुल गोरखापत्र दैनिकमा भाषा सम्पादकको रुपमा कार्यरत हुनुहुन्छ।

 

सोही समारोहमा गोरखापत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्ण यादवलाई “साहित्य पत्रकार सम्मान” बाट सम्मानित गरिएको छ। संस्थाका अध्यक्ष लिलानाथ सिलवालका अनुसार यादवले नेपाली पत्रकारिता र साहित्यमा दुई दशक लामो योगदान गरेकाले उनलाई सम्मान गरिएको हो।

 

कार्यक्रममा कोशी प्रदेशका आठजना साहित्यकारलाई पनि सम्मान गरिएको थियो। सम्मानित स्रष्टाहरुमा प्रमोद ढकाल, बिनोद विवस घिमिरे, विक्रमभक्त जोशी, रोहिणी रसिक, रोमु अधिकारी, शकुन्तला मन्जरी, यशोदा अधिकारी आचार्य र रमेश श्रेष्ठ रहेका छन्।

साहित्यिक संस्था “सिर्जनामा इनरुवा” ले नेपाली भाषा र साहित्यमा योगदान दिने स्रष्टाहरुलाई वार्षिक रुपमा पुरस्कार र सम्मान प्रदान गर्दै आएको छ। संस्थाका सचिव रमेन्द्र कोईरालाले इनरुवा नगरपालिका सभा हलमा सम्पन्न कार्यक्रममा साहित्यकारहरुलाई सम्मान पत्र, दोसल्ला र माला प्रदान गरिएको जानकारी दिनुभयो।

प्रमुख अतिथि प्राज्ञ विवश पोख्रेलले साहित्य देशको विकास र सुशासनमा परोक्ष रुपमा योगदान पुर्‍याउने माध्यम भएको बताउनुभयो। कार्यक्रममा पुरस्कार वितरण, स्रष्टा सम्मान तथा रचना वाचन जस्ता विभिन्न साहित्यिक गतिविधिहरु पनि सञ्चालन गरिएको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]