आदित्य अजयलाई ‘कल्चरल नेशनल म्युजिक अवार्ड’ २०२४ बाट सम्मान

Logo
ग्रामीण पत्रिका प्रकाशित आइतबार, आश्विन ०६, २०८१

विराटनगर /मैथिली संगीत क्षेत्रमा योगदान पुर्याउँदै आएका गायक आदित्य अजयलाई ‘कल्चरल नेशनल म्युजिक अवार्ड’ २०२४ बाट सम्मानित गरिएको छ। उपमा संचार प्रा.लि. द्वारा आयोजित एक विशेष कार्यक्रममा उनलाई सम्मानित गरिएको हो।

चलचित्र विकास बोर्डको हलमा सम्पन्न कार्यक्रममा मुख्य अतिथिका रुपमा उपस्थित उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री माननीय दामोदर भण्डारी, बुढानिलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठारम अधिकारी, र आयोजक संस्थाका सभापति आशा गौतम लगायतले गायक आदित्य अजयलाई खादा, सम्मान पत्र तथा ट्रोफी प्रदान गर्दै सम्मान व्यक्त गरे।

मैथिली गीत-संगीतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन उल्लेखनीय योगदान पुर्याउँदै आएका गायक आदित्य अजयले लामो समयदेखि दर्जनौं लोकप्रिय गीतहरू प्रस्तुत गर्दै सांगीतिक क्षेत्रमा विशेष पहिचान बनाएका छन्। यस अवार्डले उनको सांगीतिक यात्रालाई थप उर्जा दिने विश्वास लिइएको छ।

कार्यक्रममा अन्य विभिन्न व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो। आयोजक संस्था उपमा संचार प्रा.लि.ले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्दै सांस्कृतिक तथा सांगीतिक क्षेत्रका प्रतिभाहरुलाई प्रोत्साहन गर्ने योजना रहेको जानकारी गराएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]