विराटनगरमा मोटरसाइकल र सिटी सफारी ठोक्किँदा वृद्ध पैदलयात्रीको मृत्यु

Logo
ग्रामीण पत्रिका प्रकाशित आइतबार, आश्विन ०६, २०८१

विराटनगर/ विराटनगरमा मोटरसाइकल र सिटी सफारी ठोक्किँदा पैदलयात्री वृद्धको मृत्यु भएको छ। विराटनगर महानगरपालिका-१० स्थित जहदा रोडमा प्रदेश १-०२-०४२ प २८२३ नम्बरको मोटरसाइकल र बी १ ह १८२३ नम्बरको सिटी सफारी आपसमा ठोक्किँदा पैदलयात्रामा रहेका ७५ वर्षीय जोगेन्द्र महतो गम्भीर घाइते भएका थिए।

घाइते महतोको उपचारको क्रममा आइतबार निधन भएको हो। उनी विराटनगर-१० निवासी थिए। दुर्घटना भदौ ३१ गते भएको थियो।

दुर्घटनामा मोटरसाइकलको पछाडि बसेकी सुनीता साह पनि घाइते भएकी छिन्। उनी विराटनगर-७ निवासी हुन्। मोटरसाइकल चालक तथा सुनीताका पति राहुलकुमार साह भने सकुशल रहेका छन्।

प्रहरीले दुर्घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]