मिथिला क्षेत्रमा जितिया पर्व सुरु

Logo
ग्रामीण पत्रिका प्रकाशित सोमबार, आश्विन ०७, २०८१

विराटनगर/मिथिला क्षेत्रमा आजदेखि जितिया पर्व सुरु भएको छ। श्री जानकी भित्तेपात्रोमा रहेको मिथिला पञ्चाङ्गअनुसार, आज ओङगठन विधिबाट सुरु भएको यो पर्व असोज ८ गते मंगलबार जितिया व्रत र असोज ९ गते बुधबार साँझ ५ः१५ बजे व्रत पारण गरी सम्पन्न हुनेछ।

जलेश्वरनाथ महादेव मन्दिरका पुजारी पण्डित उपेन्द्र पाठकका अनुसार, व्रतालु महिलाहरूले मंगलबार बिहान ४ बजेदेखि दिनभरि र रातभरि तथा बुधबार दिनभरि निराहार व्रत बस्नुपर्नेछ। बुधबार साँझ ५ः१५ बजे पारण गरी व्रत समाप्त हुनेछ। तिथिको हेरफेरका कारण यस वर्ष नहा खा (नुहाएर खाने) विधिबाट सुरु हुने यो पर्वमा सन्तानको दीर्घायु, पुत्र प्राप्ति, र पारिवारिक सुख-शान्तिका लागि महिलाहरूले उपवास बस्ने परम्परा छ।

मिथिलाञ्चलमा विशेष महत्त्वका साथ मनाइने जितिया पर्व विशेष गरी माताहरूले आफ्ना सन्तानको राम्रो स्वास्थ्य र समृद्धिको कामना गर्दै कठोर व्रत बस्ने चलन छ। यस पर्वलाई मिथिला संस्कृतिमा ठूलो महत्व दिइन्छ, र यस अवसरमा मठ मन्दिर तथा धार्मिक स्थलहरूमा विशेष पूजा आराधना गरिन्छ।

यस पर्वमा महिलाहरूले व्रत बस्नुका साथै, धार्मिक र सांस्कृतिक परम्परालाई निरन्तरता दिने उद्देश्यले सामूहिक रूपमा पूजा आराधना र धार्मिक गीतगाउने गर्छन्। मिथिला क्षेत्रमा आजदेखि सुरु भएको यो पवित्र पर्वले सम्पूर्ण व्रतालुहरूमा उत्साह थपेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]