झापाको हल्दिवारीमा आगलागी: एक घर जलेर पूर्ण नष्ट, लाखौंको क्षति

Logo
ग्रामीण पत्रिका प्रकाशित सोमबार, आश्विन ०७, २०८१

झापा / गएराति भएको आगलागीबाट झापा जिल्लाको हल्दिवारी गाउँपालिका–३ रमाईलो चोकस्थित एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। ताराबल्लब गिरीको काठको घरमा राति करिब १ः३० बजेको समयमा आगलागी भएको थियो, जसले गर्दा घरमा रहेको सबै सामान जलेर नष्ट भएको छ।

 

आगलागीका कारण घरमा भएको अन्नपात, लत्ताकपडा, फर्निचर लगायतका सामग्रीहरू नष्ट भएका छन् भने ९ वटा खसी बाख्रा जलेर मरेका छन्। साथै, आगलागीमा परेर एउटा बाच्छो घाइते भएको छ। आगलागीबाट लगभग १२ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

 

भद्रपुर र मेचीनगरबाट आएका दमकलहरू, स्थानीयवासी, र प्रहरीको सहयोगमा बिहान ४ बजे मात्र आगो नियन्त्रणमा आएको थियो। आगलागीको कारण हालसम्म खुल्न नसकेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

सम्पूर्ण घरधुरी र स्थानीयबासीलाई सचेत रहन र यस्ता घटनाबाट बच्न आवश्यक सुरक्षा उपाय अपनाउन आग्रह गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]