संविधान संशोधनका लागि वृहत् बहस आवश्यक: सभामुख घिमिरे

Logo
ग्रामीण पत्रिका प्रकाशित सोमबार, आश्विन ०७, २०८१

विराटनगर / प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संविधान संशोधनका लागि वृहत् बहस, सल्लाह र छलफल आवश्यक रहेको बताएका छन्। सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले संविधान संशोधनका लागि राजनीतिक दलहरूबीच छलफल भइरहेको जानकारी दिए।

सभामुख घिमिरेले संघीयताको कार्यान्वयनका लागि कानुनको अभाव रहेको उल्लेख गर्दै संविधान संशोधनको विषयमा व्यापक समझदारी आवश्यक भएको बताए। उनले संशोधन प्रक्रियासँग सम्बन्धित विषयमा विस्तृत छलफल आवश्यक रहेको बताउँदै यसका लागि दलहरूबीच समझदारी कायम गर्नुपर्ने धारणा व्यक्त गरे।

उनले भने, “संविधान संशोधनका लागि वृहत् बहस, सल्लाह र छलफल आवश्यक छ। यसका लागि राजनीतिक दलहरूबीच छलफल चलिरहेको छ।” साथै, उनले संविधान संशोधन संसद्ले गर्ने प्रक्रिया र यसलाई कसरी र कहिले अघि बढाउने भन्ने विषयमा दलहरूबीच सहमति जरुरी रहेको पनि उल्लेख गरे।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]