विराटनगर १४ स्थित सिंघिया खोलामा अज्ञात पुरुषको शव फेला

Logo
ग्रामीण पत्रिका प्रकाशित सोमबार, आश्विन ०७, २०८१

विराटनगर/विराटनगर, १४ स्थित सिंघिया खोलामा आज बिहान एक अज्ञात पुरुषको शव फेला परेको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार शव खोलामा तैरिरहेको अवस्थामा भेटिएको हो। प्रारम्भिक जाँचबाट शव तीन-चार दिन पुरानो रहेको अनुमान गरिएको छ।

डीएसपी बस्नेतले भने, “शव हेर्दा तीन-चार दिन अगाडि सडेको जस्तो देखिन्छ। अहिलेसम्म मृतकको पहिचान खुल्न सकेको छैन।” प्रहरीले मृतकको पहिचानको प्रयास जारी राखेको छ र घटनाको विस्तृत अनुसन्धान भईरहेको जानकारी दिएको छ।

स्थानीय स्रोतका अनुसार मृत व्यक्ति विराटनगर ११ का हुनसक्ने अनुमान गरिएको छ। तर, यो जानकारीको पुष्टि हुन बाँकी रहेकोले प्रहरीले थप अनुसन्धान गरिरहेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]