झापामा मोटरसाइकलको ठक्करले पैदलयात्रीको मृत्यु

Logo
ग्रामीण पत्रिका प्रकाशित मंगलबार, आश्विन ०८, २०८१

झापा/ बिर्तामोड नगरपालिका–६ मा मोटरसाइकलको ठक्करले एक पैदलयात्री वृद्धको मृत्यु भएको छ। सोमबार राति बिर्तामोड–६, कुमारी चोकमा प्रदेश १–०१–०१३ प २८०९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ६२ वर्षीय यामबहादुर लिम्बू गम्भीर घाइते भएका थिए।

गम्भीर घाइते लिम्बूलाई उपचारका लागि बी एन्ड सी अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले मोटरसाइकलसहित चालक बुद्धशान्ति गाउँपालिका–४ का ३२ वर्षीय विकास लिम्बूलाई नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]