विभिन्न कार्यक्रमहरू सहित विराटनगरमा ‘डाँडीया कार्नीभल’ आयोजना हुने

Logo
ग्रामीण पत्रिका प्रकाशित मंगलबार, आश्विन ०८, २०८१

विराटनगर / दशैँ पर्वको अवसरमा यस वर्ष पनि ‘डाँडीया कार्नीभल’ आयोजना हुने भएको छ। महेश्वरी समाज अन्तर्गत महेश्वरी महिला र युवा मञ्चको आयोजनामा असोज १८ गते विराटनगरस्थित जैन भवनमा ‘डाँडीया कार्नीभल’ हुने भएको हो।

 

महेश्वरी महिला मञ्चकी अध्यक्ष ललिता जाजुका अनुसार, उक्त इभेन्टमा सर्कस सो, फायर सो, लाइभ डिजे, ट्याटु आर्ट स्टल, विभिन्न परिकारका खानाका स्टलहरू, आकर्षक पुरस्कार र नृत्यको व्यवस्था गरिएको छ। कार्यक्रममा भारतका चर्चित डिजे मुख्य आकर्षणका रूपमा रहनेछन् भने स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहनेछ।

 

महेश्वरी युवा मञ्चका अध्यक्ष अजय राठीले सहभागीहरूलाई आकर्षक र सरप्राइज गिफ्टहरू समेत प्रदान गरिने जानकारी दिएका छन्। इभेन्ट संयोजक सञ्जु बाहेती र साहिल मुण्डडाले कार्यक्रममा खानाका विभिन्न परिकारका फूड स्टलहरू पनि राखिने बताएका छन्।

 

डाँडीया कार्नीभलले दशैँको उल्लासमय वातावरणमा मनोरञ्जन र सांस्कृतिक गतिविधिलाई प्रवर्द्धन गर्ने उद्देश्य लिएको आयोजकले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]