मोरङमा चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते

Logo
ग्रामीण पत्रिका प्रकाशित मंगलबार, आश्विन ०८, २०८१

विराटनगर /मोरङ जिल्लाको रंगेली नगरपालिका-९, धनजुवामा मंगलबार चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ भने अर्की एक महिला घाइते भएकी छिन्।

खेतमा घाँस काट्ने क्रममा स्थानीय लुखीराम हेमरमकी २८ वर्षीया श्रीमती साकरु हेमरमलाई दिउँसो १२:३० बजे चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यसैगरी, चट्याङकै कारण २२ वर्षीया बिनिता हेमरमको कानबाट रगत बग्न थालेपछि उनलाई तत्काल रंगेली अस्पताल लगिएको थियो। उनको उपचार भइरहेको छ।

प्रहरीका अनुसार, मौसम परिवर्तनको समयमा चट्याङको जोखिम बढेकोले सावधानी अपनाउन स्थानीयलाई आग्रह गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]