झापाका वडाध्यक्ष घुस लिँदालिँदै पक्राउ

Logo
ग्रामीण पत्रिका प्रकाशित मंगलबार, आश्विन ०८, २०८१

विराटनगर /झापाको बुद्धशान्ति गाउँपालिका-२ का वडाध्यक्ष डिल्लीप्रसाद ओली घुस लिएको आरोपमा पक्राउ परेका छन्। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) समूहले भारतीय नागरिकसँग ८० हजार रुपैयाँ घुस लिँदै गर्दा उनलाई पक्राउ गरेको हो।

वडाध्यक्ष ओलीलाई बिर्तामोड प्रहरीको जिम्मा लगाइएको छ। विप्लव माओवादीका नेता सुमनसिंह पौडेलले स्ट्रिङ अपरेसनको क्रममा ओलीलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको जानकारी दिएका छन्।

यस घटनासम्बन्धी जानकारी बुधबारे प्रहरी चौकीका इन्चार्ज सई सुवाष शेर्पाले पनि पुष्टि गरेका छन्। वडाध्यक्ष ओलीलाई बिर्तामोडमा घुससहित पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]