उदयपुरमा मलामी बोकेको बस दुर्घटना, २९ जना घाइते

Logo
ग्रामीण पत्रिका प्रकाशित मंगलबार, आश्विन ०८, २०८१

विराटनगर/ उदयपुरको बेलकामा मलामी बोकेर फर्किँदै गरेको बस दुर्घटनामा परेको छ, जसमा २९ जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय बेलकाका अनुसार, घाइतेमध्ये १२ जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने बाँकी १७ जनाको नगर अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटना बेलका–८, सेतीखोलामा भएको हो। दुर्घटनामा परेको बसको नम्बर प्रदेश १-०२-००१ ख ८२५३ रहेको छ। बस सडकबाट तल खस्दा यात्रुहरु घाइते भएका हुन्। प्रहरीका अनुसार, बसमा क्षमता भन्दा बढी यात्रु रहेको र तीव्र गतिका कारण बस अनियन्त्रित भई पल्टिएको हुनसक्ने अनुमान गरिएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ।

यस दुर्घटनाले स्थानीयवासीलाई शोकाकुल बनाएको छ भने घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]