तराई-मधेसमा जितिया पर्वको उल्लास: धार्मिक आस्था र पारिवारिक समर्पण 

Logo
ग्रामीण पत्रिका प्रकाशित बुधबार, आश्विन ०९, २०८१

विराटनगर/नेपालको तराई तथा मधेसी समुदायका महिलाले आज जितिया पर्वको मुख्य दिन विशेष धार्मिक आस्थाका साथ मनाउँदैछन्। आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा मनाइने यस पर्वको दोस्रो दिनलाई विशेष महत्त्वका साथ मनाइन्छ। महिलाहरू आज बिहानैदेखि निराहार ब्रत बस्दै सन्तानको दीर्घायु, सुस्वास्थ्य, र पारिवारिक सुखशान्तिका लागि भगवानको पूजा आराधना गरिरहेका छन्।

बिहानै स्नान गरी बेलको पात टिपेर दिनभरि निराहार ब्रत बस्ने र साँझपख नदीमा गई पिना बगाउने चलन रहेको छ। त्यसपछि महिलाहरूले जितिया पर्वको कथा श्रवण गरेपछि मात्र भोजन ग्रहण गर्छन्। पर्सिपल्ट नवमीको दिनमा पनि विशेष पूजा गरिन्छ। बिहान सबेरै नदीमा नुहाई मासको गेडाले निराकार प्रतिमूर्ति बनाइ पूजा गर्ने परम्परा रहेको छ। त्यसपछि दही, चिउरा र केरालगायतका परिकार खाई ब्रत समापन गरिन्छ।

जितिया पर्व विशेष गरी थारु तथा मधेसी समुदायका महिलाहरूले मनाउँछन्। यो पर्वमा विवाहित महिलाहरूले आफ्नो श्रीमान् र सन्तानको दीर्घायुको कामना गर्दै उपवास बस्छन् भने अविवाहित महिलाहरूले राम्रो वरको प्राप्तिका लागि ब्रत बस्ने गर्दछन्।

परम्परागत रूपमा, वनस्पतिबाट प्राप्त हुने केराको पात, घिरौँलाको पात, तोरीको पिना, भिजाएको केराउ, चिनी, दही, चिउरा, र विभिन्न प्रकारका फलफूल पूजा सामग्रीको रूपमा प्रयोग गरिन्छ।

यस पर्वका अवसरमा केही मधेसी जिल्लामा महिलालाई बिदा दिने प्रचलन पनि रहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]