सशस्त्र प्रहरी नायव उपरीक्षक सन्तोष अधिकारी सम्मानित

Logo
ग्रामीण पत्रिका प्रकाशित बुधबार, आश्विन ०९, २०८१

विराटनगर/ सुनसरीको कोशी गाउँपालिका ८ भाण्टाबारी स्थित सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुरमा आयोजित ‘फेरी भेटौला’ कार्यक्रममा सशस्त्र प्रहरी नायव उपरीक्षक सन्तोष अधिकारीलाई सम्मान गरिएको छ। अधिकारीको सशस्त्र प्रहरी बल नेपाल युएन तालिम शिक्षालय, ककनी नुवाकोटमा सरुवा भएपछि विभिन्न सरोकारवालाहरुले उहाँलाई सम्मान गरेका हुन्।

‘फेरी भेटौला’ कार्यक्रम अन्तर्गत जजन्युज मिडिया प्रा.लि. सुनसरी, भाण्टाबारी शाखाले सशस्त्र प्रहरी नायव उपरीक्षक अधिकारीलाई प्रशंसा पत्रसहित सम्मान गरेको हो। अनलाइन पत्रकार देवराज यादवले प्रशंसा पत्र प्रदान गर्दै अधिकारीलाई सम्मानित गर्नुभएको हो।

प्रशंसा पत्रमा सुनसरीको कोशी गाउँपालिका भाण्टाबारीमा पदस्थापनाकालदेखि सीमासुरक्षा, चोरी निकासी नियन्त्रण र अवैध ओसारपसार नियन्त्रणमा अधिकारीले पुर्‍याउनुभएको योगदानको उच्च प्रशंसा गरिएको छ। उहाँले यस क्षेत्रमा उत्कृष्ट काम गर्दै नागरिक स्तरमा चर्चा बटुल्नुभएको र मिडिया मैत्री कार्य गरेर शान्तिसुरक्षामा समन्वय, सहकार्य र निरन्तर सेवा प्रदान गर्नुभएको कारणले उच्च सम्मान गरिएको उल्लेख गरिएको छ।

पत्रकार यादवले अधिकारीलाई आगामी कार्यकालमा पनि सफलताको शुभकामना दिँदै सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गरेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]