एभरेष्ट स्कुलको उत्कृष्टता : राष्ट्रिय खेलकुदमा आठ विद्यार्थी सहभागी गराएकोमा मन्त्री तिम्सिनाको प्रशंसा

Logo
भोजराज घिमिरे प्रकाशित आइतबार, मंसिर १४, २०८३

विराटनगर । कोशी प्रदेशका सामाजिक विकासमन्त्री गीता तिम्सिनाले विराटनगरस्थित एभरेष्ट स्कुलले राष्ट्रिय खेलकुद प्रतियोगितामा आठ जना विद्यार्थी सहभागी गराएर उत्कृष्टता प्रदर्शन गरेको बताएकी छन् ।
एउटै विद्यालयबाट आठ जना विद्यार्थी राष्ट्रिय खेलकुदमा सहभागी हुनु गौरवको विषय भएको उल्लेख गर्दै उनले विद्यालयले शैक्षिक ज्ञानसँगै खेलकुदलगायत अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकता दिनुपर्ने बताइन् ।
प्रारम्भिक बालशिक्षालाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित ‘गुणस्तरीय प्रारम्भिक बालशिक्षा किन र कसरी’ विषयक कोशी प्रदेशस्तरीय शैक्षिक सम्मेलनको उद्घाटन गर्दै मन्त्री तिम्सिनाले यस्तो बताएकी हुन् ।
विराटनगरमा आयोजित सम्मेलनमा बोल्दै उनले भनिन्, ‘एउटा विद्यालयबाट आठ जना विद्यार्थी राष्ट्रिय खेलकुदमा सहभागी हुनु कोशी प्रदेशकै गौरवको विषय हो । अध्ययनले मात्र होइन, खेलकुदलगायत विभिन्न गतिविधिले पनि विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेल्छन्।’।।।मन्त्री तिम्सिनाले शैक्षिक सुधारका लागि संघ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताइन् । प्रदेश सरकारको जिम्मेवारीमा पर्ने नीतिगत सुधारका लागि मन्त्रालय तयार रहेको उल्लेख गर्दै उनले त्यसको व्यावहारिक कार्यान्वयनमा जुट्न शिक्षक तथा शिक्षिकालाई आग्रह गरिन् ।
उनले राजनीति र विद्यार्थीको सम्बन्ध कुनै न कुनै रूपमा जोडिने भएकाले त्यसबारे सही बुझाइ विकास गराउन शैक्षिक संस्थाको पनि महत्वपूर्ण भूमिका रहने बताइन् ।
पछिल्लो समय विद्यार्थीमा नैतिक शिक्षाको कमी हुँदै गएको अनुभूति हुन थालेको भन्दै मन्त्री तिम्सिनाले शिक्षासँगै नैतिकता, अनुशासन र सामाजिक जिम्मेवारी विकासमा समेत ध्यान दिनुपर्नेमा जोड दिइन् ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

हाम्रो बारे

हाम्रो टीम

हाम्रो टीम

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]