

विराटनगर। नेपाली कांग्रेसको कोशी प्रदेश कार्यसमितिमा दुई महत्वपूर्ण पदमा नयाँ मनोनयन भएको छ। प्रदेश कार्यसमिति सदस्य यदु कुमार विष्ट नेपाली कांग्रेस कोशी प्रदेश कार्यसमितिको प्रवक्ता पदमा मनोनित भएका छन्। उनीलाई नेपाली कांग्रेसको विधान २०७१ (दशौं संशोधन २०७८) को परिच्छेद ४, धारा १३(१०)(ङ) अनुसार प्रवक्ता पदमा नियुक्त गरिएको हो।
यस्तै, प्रदेश कार्यसमिति सदस्य मदन संग्रौला पनि संगठन विभागको संयोजक पदमा मनोनित भएका छन्। उनलाई पनि नेपाली कांग्रेसको विधान २०७१ (दशौं संशोधन २०७८) को परिच्छेद ४, धारा १३(११)(क) अनुसार कोशी प्रदेश संगठन विभागको संयोजकको जिम्मेवारी दिइएको हो।
यी मनोनयनहरूसँगै नेपाली कांग्रेस कोशी प्रदेशमा संगठनात्मक गतिविधिहरू थप सक्रिय हुने अपेक्षा गरिएको छ।