ग्रामथानमा करेन्ट लागेर एक जनाको मृत्यु

Logo
ग्रामीण पत्रिका प्रकाशित बुधबार, आश्विन ०९, २०८१

विराटनगर /मोरङको ग्रामथान गाउँपालिका वडा नं २ मा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। आज दिउँसो भएको घटनामा ५० वर्षीय जगदीश सरदारको ज्यान गएको हो।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार, मृतक सरदार आफ्नै घरमा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लाग्दा घटनास्थलमै उनको मृत्यु भएको हो। सरदारको शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]