एमाले विराटनगर महानगर संगठन कमिटीको अध्यक्षमा कोइराला

Logo
ग्रामीण सहकर्मी / विराटनगर प्रकाशित बिहिबार, आश्विन १०, २०८१

विराटनगर / नेकपा एमाले विराटनगर महानगर संगठन कमिटीको अध्यक्षमा रोहित कोइराला चयन हुनु भएको छ। आज एमाले मोरङ जिल्ला कमिटीको तेस्रो पदाधिकारी बैठकले कोइरालालाई अध्यक्षमा चयन गरेको हो।

पदाधिकारी बैठकले २०३ सदस्यीय महानगर संगठन कमिटीको उपाध्यक्षमा सुनिता श्रेष्ठ , सचिवमा बलराम गिरी नविन र उपसचिवमा गणेश साह र अन्ताज हुसैनलाई चयन गरेको हो ।

एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इञ्चार्ज शेरधन राईको प्रमुख आतिथ्यतामा सम्पन्न पदाधिकारी बैठकले भदौ ९ गते सम्पन्न जिल्ला संगठनको प्रथम बैठकद्वारा प्रत्यायोजित अधिकार अनुसार महानगर संगठन कमिटीको निर्माण गरिएको एमाले जिल्ला संगठन कमिटीका अध्यक्ष बाबुराम कार्कीले जानकारी दिनु भयो।

पदाधिकारी बैठकमा एमाले केन्द्रिय सदस्य तथा मोरङ जिल्ला इञ्चार्ज जीवन घिमिरे , पार्टी कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा विराटनगर महानगर इञ्चार्ज पर्शुराम बस्नेत लगायतको उपस्थिति रहेको थियो।

यस अघि महानगर कमिटीको सचिव रहनु भएको कोइराला एमालेको जनसंगठन नेपाल खेलकुद महासंघको स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश सह-इञ्चार्जको जिम्मेवारीमा समेत रहनु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]