मनसुन फेरि सक्रिय, मुलुकभर वर्षा र बाढीको जोखिम

Logo
ग्रामीण पत्रिका प्रकाशित बिहिबार, आश्विन १०, २०८१

विराटनगर /देशभर मनसुन फेरि सक्रिय भएपछि मुख्य पर्वहरू नजिकिँदै गर्दा झरीमय दिनहरू हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबारदेखि चार दिनसम्म देशभर मौसम बदली हुनेछ र अधिकांश स्थानमा हल्कादेखि भारी वर्षा हुने सम्भावना छ।

विभागले बंगालको खाडीबाट आउने जलवाष्पयुक्त हावाको प्रभावले न्यूनचापीय प्रणाली सक्रिय भएकाले असोज १३ गतेसम्म मुलुकका धेरै स्थानमा मेघ गर्जनसहित वर्षा हुने बताएको छ।

कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा भारी वर्षा हुने सम्भावना रहेको छ भने मधेस, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा पनि भारीदेखि धेरै भारी वर्षा हुने चेतावनी दिइएको छ।

तराईका केही क्षेत्रमा हावाहुरी चल्न सक्ने सम्भावना रहेको छ भने गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा अत्यधिक वर्षा हुने अनुमान गरिएको छ।

विभागले असोज १० देखि १३ सम्म लगातार वर्षा हुने भन्दै बाढी, पहिरो, भूक्षय, र गेग्रान बहावको जोखिम बढ्न सक्ने बताएको छ। विशेषगरी तराई र शहरी क्षेत्रमा डुबानको जोखिम उच्च रहेको छ। विभागले जनधनको क्षति हुनसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]