बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न आदेश

Logo
ग्रामीण पत्रिका प्रकाशित बिहिबार, आश्विन १०, २०८१

विराटनगर /बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।

अदालतका सूचना अधिकारी मेलिश बास्कोटाका अनुसार बुधबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएपछि न्यायाधीश श्यामविहारी मौर्यले उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएका हुन्। प्रसाईंलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ।

साइबर ब्युरोले भक्तपुरस्थित उनको निवासबाट आइतबार उनलाई पक्राउ गरेको थियो। सोमबार तीन दिनको म्याद थप गरी हिरासतमा राखिएकोमा बुधबार फेरि थप पाँच दिनका लागि म्याद थप गरिएको हो। मंगलबार सरकारी वकिल कार्यालयले प्रसाईंको बयान लिएको थियो।

प्रसाईंलाई साइबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको बताइएको छ।

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]