एमाले विराटनगर महानगर कमिटीको सपथ ग्रहण सम्पन्न

Logo
ग्रामीण सहकर्मी / विराटनगर प्रकाशित बिहिबार, आश्विन १०, २०८१

विराटनगर / नेकपा एमाले विराटननगर महानगर संगठन कमिटीको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । आज विराटनगर स्थित पार्टी कार्यलयलमा आयोजित कार्यक्रममा महानगर कमिटीका पदाधिकारी तथा सदस्यहरूले सपथ ग्रहण गर्नु भएको थियो ।

एमाले मोरङ जिल्ला संगठन कमिटीको आयोजनामा सम्पन्न सपथ ग्रहण कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा मोरङ ईञ्चार्ज जीवन घिमिरेले नव निर्मित कमिटीलाई सपथ ग्रहण गराउनु भएको थियो ।सपथग्रहणमा एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा विराटनगर ईञ्चार्ज पर्शुराम बस्नेत लगायतका नेताहरूले नवनिर्मित कमिटीलाई शुभकामना व्यक्त गर्नु भएको थियो ।

जिल्ला संगठन कमिटीको तेस्रो पदाधिकारी बैठकले असोज ९ गते रोहित कोइरालाको नेतृत्वमा २०३ सदस्यीय महानगर कमिटी चयन गरेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]