झापा: वडा अध्यक्ष घुस काण्डमा निलम्बित

Logo
ग्रामीण पत्रिका प्रकाशित बिहिबार, आश्विन १०, २०८१

विराटनगर/झापाको बुद्धि शान्ति गाउँपालिका वडा नं २ का वडा अध्यक्ष डिल्ली प्रसाद अोलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा निलम्बन गरेको छ। सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई असोज ८ गते नियन्त्रणमा लिएको हो। वडा अध्यक्षलाई अमरनाथ चौहानसँग घुस लिएको अभियोग लागेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ तथा भ्रष्टाचार निवारण ऐन २०५१ को परिच्छेद ३ को दफा ३३ अनुसार उनलाई स्वत: वडा अध्यक्षको पदबाट निलम्बन गरिएको छ। अख्तियारको टोली इटहरीबाट खटिएको थियो, जसले अनुसन्धानको क्रममा अध्यक्षलाई नियन्त्रणमा लिएको हो।

अध्यक्षमाथिको यो कार्यले भ्रष्टाचारविरुद्धको लडाइँलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ। अनुसन्धान कार्य जारी रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]