विराटनगरबाट हिँडेको यात्रुबस सप्तकोशी नदीमा खस्यो, उद्धार कार्य जारी

Logo
ग्रामीण पत्रिका प्रकाशित बिहिबार, आश्विन १०, २०८१

विराटनगर/विराटनगरबाट हिँडेको एक यात्रुबहाक बस सप्तकोशी नदीमा खसेको छ। सोमबार साँझ कोशी ब्यारेजको पुलबाट बस खसेको जानकारी प्राप्त भएको हो। सुनसरी प्रहरीका अनुसार साँझ ६:०५ बजेको आसपास बस अनियन्त्रित भई पुलको बार भत्काउँदै नदीमा खसेको हो।

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले घटनास्थलतर्फ प्रहरी र उद्धार टोली पठाइएको जानकारी दिएका छन्। हालसम्म घटनाको विस्तृत विवरण प्राप्त भइसकेको छैन भने बसमा रहेका यात्रुहरूको अवस्था अज्ञात छ।

उद्धार कार्य जारी रहेको र थप विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ। स्थानीय अधिकारीहरूले घटनास्थलमा आपतकालीन सेवा र उद्धार टोली परिचालन गरिसकेको जानकारी दिएका छन्। थप विवरण आउन बाँकी छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]